समाचारबिहीबार, कार्तिक १३, २०७१
‘नयाँ ऐन आएपछि ५० हजारले रोजगारी पाउछ’
सरकारले नयाँ उद्योग व्यवसाय ऐन ल्याउन लागेको उद्योगमन्त्री महेश बस्नेतले बताएका छन् । १३ कात्तिकमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले ऐन आएपछि ५० हजार युवाले प्रत्यक्ष रोजगारी पाउने बताए ।
उनले उक्त ऐनमा साना तथा ठूलो उद्योगलाई समेट्ने र सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री बस्नेतले निर्धारित मितिमा संविधान जारी हुने बताउँदै भने, ‘‘सबैलाई फाइदा पुग्ने संघीयता बन्छ ।’’
