समाचारबिहीबार, कार्तिक १३, २०७१
बीबीसीको उत्कृष्ट सूचीमा दुई नेपाली महिला
लुइँटेल पत्रकार र महिला अधिकारकर्मी हुन् भने कार्की द काठमाडौँ पोष्ट दैनिककी विचार पृष्ठ सम्पादक र ब्लगर हुन् ।
कला, साहित्य, उद्यम राजनीतिजस्ता पेसामार्फत महिला सशक्तीकरणमा महत्वपूर्ण प्रभाव पार्नेलाई विश्वभरिबाट छनोट गरी बीबीसीले प्रत्येक वर्ष सय जना उत्कृष्ट महिलाको सूची सार्वजनिक गर्छ । बीबीसीले आफूले बनाउने समाचार र उठाउने विषयवस्तुमा महिलाको पनि प्रतिनिधित्व र योगदान होस् भनेर २०१३ सालदेखि यस्तो सूची बनाउन सुरु गरेको हो । रासस
