समाचारबिहीबार, कार्तिक १३, २०७१
संघीयतालाई थाती राखौंः केसी
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईलाई केसीले यस्तो सुझाव दिएका हुन् । भट्टराईले १३ कात्तिकमा समितिको बैठक बस्नुअघि विभिन्न साना दलका नेताहरुलाई भेटेका छन् ।
भट्टराईलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र धर्मनिरपेक्षतालाई जनतासम्म पु-याउनुपर्ने सुझाव दिए ।
भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सिपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि परामर्स गरेका थिए ।
समितिको ११ कात्तिकमा बसेको बैठकले १२ र १३ कात्तिकमा विभिन्न पक्षसँग अनौपचारिक कुराकानी गरेर १४ कात्तिकमा औपचारिकता दिने निर्णय अनुसार भट्टराईले भेटघाट गरेका हुन् । भट्टराईले अन्य पक्षसँग पनि विवादित विषयमा परामर्स लिने भएका छन् ।
