थप समाचारबिहीबार, कार्तिक १३, २०७१

बुरकिना फासोः प्रदर्शनकारीले संसद भवन जलाए

हिमालखबर

burkinafaso_protest२७ वर्षदेखि लगातार सत्तामा रहँदै आएका राष्ट्रपति ब्लेस कोम्पाएरोले आगामी निर्वाचनमा भाग लिन नहुने भन्दै विरोध गरिरहेका प्रदर्शनकारीले अफ्रिकी देश बुरकिना फासोको संसदमा आगो लगाएका छन् ।

बुरकिना फासोको राजधानी उआगादोगुस्थित सिटी हल र सत्ताधारी पार्टीको मुख्यालयमा पनि आगो सल्किएको अन्तराष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ । प्रदर्शनकारीहरुले राष्ट्रिय टेलिभिजन कार्यालयमा आक्रमण गरी प्रशारण बन्द गराएका छन् ।

यसअघि संसदमाथि आक्रमण गर्ने प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको थियो ।

संसदमा राष्ट्रपति कोम्पायरोलाई सन् २०१५ मा हुने निर्वाचनमा भाग लिन मिल्ने गरी संविधान संसोधन गर्ने प्रस्तावमा छलफल हुने कार्यक्रम थियो ।

सन् १९८७ मा भएको विद्रोहबाट सत्तामा पुगेका कोम्पायरो त्यसपछि भएका चारवटा विवादास्पद निर्वाचनमा विजयी भएका थिए ।
विपक्षी दलहरुले कोम्पायरोले आगामी निर्वाचनपछि सत्ता छोड्न माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>