समाचारबिहीबार, कार्तिक १३, २०७१

कात्तिक १५ सम्म सहमति नभए विकल्प खोजिन्छः भट्टराई

हिमालखबर

Baburam-Bhattaraiसंवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका एमाओवादी नेता बाबुराम भट्टराइले समितिको सचिवालय सञ्चारकर्मीसँग कुरा गर्दै संविधान निर्माण भन्दा पनि सरकारको खेलमा केही राजनीतिक दल केन्द्रित भएको र संविधान जारी भएपछि शक्ति कसले हासिल गर्ने भन्ने दौडधुपले काम गरिरहेको बताएका छन् ।

भट्टराइले भने, ‘‘मैले संविधान भनेको दीर्घकालीन र राष्ट्रिय महत्वको विषय हो, यसलाई सत्ता साझेदारीसँग नमिसाऔँ भनेको छु ।’’ उनले कुन राजनीतिक दल र नेता उक्त खेलमा लागेका हुन् भन्नेबारेमा भने खुलाएनन् ।

सबै दलले आफ्ना अडान राखिसकेकाले अबको काम सहमति पहिल्याउने नै भएको र यही कात्तिक १५ गतेभित्र सहमति हुने नभए विकल्प खोजिने उनको भनाई थियो ।

उनले विभिन्न पक्षस“ग अनौपचारिक परामर्श गर्ने क्रममा १३ कात्तिकमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारस“ग छुट्टाछुट्टै परामर्श गरिएको जानकारी दिए ।

त्यसैगरी उनले आजै कांग्रेस नेता प्रदीप गिरी र कानूनमन्त्री नरहरि आचार्यस“ग पनि परामर्श गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>