समाचारबिहीबार, कार्तिक १३, २०७१

प्रमद्वारा डा. कुमुद धिताललाई बधाई

हिमालखबर

DrKD

डा कुमुद धिताल

प्रधानमन्त्री सुशील कोइरालाले चिकित्सा क्षेत्रमा नै अद्भुत मानिएको मृत्यु भइसकेको व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण नेपाली चिकित्सकको प्रयासमा हुनु समस्त नेपाली र सिङ्गो राष्ट्रकै गर्वको विषय भएको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले चिकित्सक धितालको सफलताले मुटुको खराबीको कारण जीवन गुमाउन पर्ने अवस्थामा रहेका संसारभरका मानिसमा पुनर्जीवनको आशा पलाएको बताउँदै आउँदा दिनमा उनलाई थप सफलता प्राप्त हुन सकोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

सेन्ट भिसेन्ट्स अस्पताल र भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्युटको संयुक्त प्रयासमा मृत्यु भइसकेका व्यक्तिको स्थिर मुटुलाई यन्त्रमा राखेर पुनः सक्रिय पारी बिरामीमा प्रत्यारोपण गर्ने सफलता प्राप्त भएको थियो । उक्त प्रत्यारोपण डा धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>