समाचारबिहीबार, कार्तिक १३, २०७१

ग्लोबल फण्डद्वारा नेपालको प्रस्ताव अस्वीकार

हिमालखबर

gfatm-logoएचआइभी संक्रमित र  मलेरियाका विरामीको सहयोग कार्यक्रम सञ्चालनका लागि ग्लोबल फण्डबाट अनुदान सहयोग प्राप्त हुँदै आएकोमा यसपटक नेपालले गरेको प्रस्ताव प्रक्रिया नपुगेको भन्दै फण्डले अस्वीकार गरेको छ ।

नेपालले तीन वर्षका लागि करिब रु. ५ अर्ब २० करोड सहयोग माग्दै १५ अक्टोबरमा फण्डमा पठाएको प्रस्ताव अस्वीकृत भएपछि एचआइभी संक्रमितका लागि सञ्चालित सेवाहरु मार्च २०१५ देखि बन्द हुने भएका छन् ।

फण्डको सहयोग संयोजन गर्ने निकाय ‘कन्ट्री कोअर्डिनेशन मेकानिज्म’ (सिसिएम)को कार्यदक्षतामा प्रश्न उठाउंदै फण्डले स्वास्थ्य सचिव तथा सिसिएम अध्यक्ष शान्त बहादुर श्रेष्ठलाई पत्र लेखि नेपाल सहयोगका लागि योग्य नभएको बताएको हो ।

विगतमा सिसिएमको कार्यक्षमता उच्च मानिएको भएपनि तत्कालीन संयोजक गोकर्ण भट्टलाई फण्डको विमतीका बावजुद मन्त्रीको दबाबमा हटाएर नयाँ व्यक्ति नियुक्त गरिएपछि सिसिएमको कार्यक्षमतामा पहिलोपटक प्रश्न उठेको हो ।

ग्लोबल फण्डको नियमानुसार सिसिएमले ६ वटा अनिवार्य योग्यताहरु पूरा गर्नुपर्ने हुन्छ । फण्डले पठाएको पत्रमा प्रस्ताव पठाउँदा सबै सदस्यको हस्ताक्षरसहित अनुमोदन नगरिएको, सिसिएम सदस्यका आवश्यक कागजात नपठाएको, सिसिएमले कार्यान्वयन गर्ने निकायको समिक्षा नगरेको जस्ता कारणले नेपाल सहयोग पाउन नसक्ने उल्लेख छ ।

न्यूनतम शर्तसम्बन्धी यी पक्षहरु सुधार गरेको खण्डमा नेपालले आगामी २०१५ को मार्चमा पुन प्रस्ताव पठाउन सक्ने बाटो भने खुलै छ ।

नेपालले सन् २०१० मा सिसिएमबाट अनुमोदन गरी पठाएको एचआइभी, टिबी र मलेरियाको प्रस्ताव ग्लोबल फण्डले स्वीकृत गरेको थियो ।

त्यसपछि सन् २०१४ को जुलाईमा अर्को प्रस्ताव पठाउन नेपाललाई अनुरोध गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>