समाचारशुक्रबार, कार्तिक १४, २०७१

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

हिमालखबर

पार्टी अध्यक्ष केपी शर्मा ओली दुवैतिरका प्रमुख हुन् । उनले १४ कात्तिक विहान ११ बजेदेखि संसदीय दलको बैठक बोलाएका छन् भने मध्यान्ह १२ बजेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरवारमा ११ बजे संसदीय दलको बैठकमा उपस्थित भएर १२ बजे केन्द्रीय मुख्यालय बल्खु पुग्नुपर्ने भएकाले सभासद समेत रहेका केन्द्रीय सदस्यहरुलाई समस्या परेको नेता विशाल भट्टराईले बताए ।

केन्द्रीय कमिटी बैठकमा जिम्मेवारी बाँडफाँड, स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी, पार्टी समीक्षा गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य सुर्य थापाले बताए । संसदीय दलको बैठकको अजेण्डाबारे भने केही जानकारी नगराइएको सभासद पाँचकर्ण (पीके) राईले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>