समाचारशुक्रबार, कार्तिक १४, २०७१
सत्तारुढ दल र राप्रपा नेपालका सभासदबीच संसदमा चर्काचर्की
हिन्दू राज्य माग गर्दै रत्नपार्कको शान्ति बाटिकामा धर्ना बसेकाहरुलाई सरकारले दुव्र्यवहार गरेको भन्दै राप्रपा नेपालले रोष्टम घेराऊ गर्दै गृहमन्त्री विरुद्ध नाराबाजी गरेपछि सभासदहरुबीच बाझाबाझ सुरु भएको थियो ।
राप्रपा नेपालका सभासदले रोष्टम घेराऊ गरिरहँदा कांग्रेस एमालेका सभासदले सभामुखलाई बोल्न समय मागेपछि संसदमै बाझाबाझ सुरु भएको थियो ।
राप्रपा नेपालद्वारा संसद अवरुद्ध
हिन्दू राज्यको माग राख्दै रत्नपार्कमा अनशनमा बसेकामाथि दमन गरिएको भन्दै राप्रपा नेपालले संसद अवरुद्ध गरेको छ ।
राप्रपा नेपालले व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ । अनशनमा बसेकामाथि दमन गरिएको भन्दै राप्रपा नेपालले १४ कात्तिकको संसद बैठक अवरुद्ध गरेको हो ।
बैठकमा राप्रपा नेपालका सभासदले नाराबाजी गरे । रत्नपार्कबाट अनशनकारीलाई उठाइएको विषयमा गृहमन्त्री वामदेव गौतमले जवाफ दिइरहेका बेला उनीहरुले गृहमन्त्रीविरुद्ध नै नाराबाजी गरेका हुन् ।
उनीहरुले गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नाराबाजी गरे । संसद बैठक शुरु हुनासाथ राप्रपा नेपाल संसदीय दलका नेता कमल थापाले अनशनकारीलाई रत्नपार्कबाट उठाइएको विषयमा सरकारसँग जवाफ मागेपछि गृहमन्त्रीले संबोधन गरेका हुन् ।
गृहमन्त्री गौतमले सार्क सम्मेलन नजिकिँदै गर्दा पनि अवरोध यथावत रहेपछि अनशनकारीलाई हटाइएको बताए । अनशनकारीले जबर्जस्ती आफ्नो विचार लाद्न खोजेको गौतमको भनाइ छ । उनले भने, “आफूलाई लागेको कुरा जबर्जस्ती गर्ने प्रयास गरियो ।”
