समाचारशुक्रबार, कार्तिक १४, २०७१

नेता नेपालद्वारा ध्यानाकर्षण प्रस्ताव पेश

हिमालखबर

नेकपा एमाले नेता माधवकुमार नेपालले पार्टी नेतृत्वको एकलौटी रुपमा चल्न थालेको आरोप लगाएका छन् । केन्द्रीय कार्यालय बल्खुमा १४ कात्तिकमा बसेको केन्द्रीय कमिटी बैठकमा लिखित ध्यानाकर्षण प्रसताव पेश गर्दै उनले नेतृत्व एकलौटीढंगले चलेको आरोप लगाए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यसूची प्रस्तुत गरेपछि समय मागेर नेता नेपालले लिखित वक्तव्य पढेर ध्यानाकर्षण गराएका थिए । उनले आफूले उठाएका विषयमा स्पष्ट जवाफ आएपछि मात्र नियमित कार्यसूचीमा प्रवेश गर्न माग गरे ।

निर्धारित कार्यसूचीमा छलफल नभएपछि बैठक १८ कात्तिकसम्मका लागि स्थगित भएको एमालेले जनाएको छ ।

केन्द्रीय सदस्य राजन भट्टराईले नयाँ संविधान निर्माणका लागि राजनीतिक दलसँग सहमतिको प्रयासका लागि समय चाहिने भएकाले बैठक स्थगित भएको जानकारी दिए ।

नेता नेपालले सुकुम्बासी समस्या समाधान आयोगको गठन, मनोनित सभासद्को चयन, मन्त्रीहरुको हेरफेर, विधान प्रकाशन, राजनीतिक नियुक्ति लगायतका विषयमा असन्तोष प्रकट गर्दै परामर्श र छलफल गरेर संस्थागत निर्णयका आधारमा पार्टी सञ्चालन गर्न वक्तव्यमा उल्लेख गरेको वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>