समाचारशुक्रबार, कार्तिक १४, २०७१

तीन दलको बैठकमा सहमति जुटेन

हिमालखबर

१४ कात्तिक साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमति नभएपछि बैठक १५ कात्तिकमा बस्ने गरी स्थगित भएको छ ।

दलहरुबीच लामो समयदेखि सहमतिको प्रयास भइरहेका संविधान निर्माणका विवादित विषय मध्ये सङ्घीयताको विषय जटिल बन्दै गएको छ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलका अनुसार अहिले मुख्य समस्या भनेकोनै प्रदेशको नामाकरण र सीमाङ्कन हो, भने अर्को राज्यको शासकीय स्वरुप अन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन प्रत्यक्ष निर्वाचनद्धारा गर्ने या नगर्ने भन्नेमा जटिलता उत्पन्न भएको छ ।

दुईतिहाईबाट संविधानः रावल

यसबीच एमाले नेता भीम रावलले दलहरुबीच सहमति हुन नसके दुईतिहाई बहुमतबाट ८ माघभित्रै संविधान जारी गरिने दोहो¥याएका छन् ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सकेसम्म दलबीच सहमति खोजेर संविधान जारी गरिने उल्लेख गर्दै सहमति हुन नसकेमा काँगे्रस नेतृत्वकै सरकारले दुईतिहाई बहुमतबाट संविधान जारी गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काँग्रेस नेतृत्वको सरकारसँग संविधानसभामा ४३० सभासद् रहेकाले दुईतिहाई बहुमत जुटाएर संविधान जारी गर्न समस्या नहुने उनको भनाई थियो ।

उपाध्यक्ष रावलले अहिले सत्ता परिवर्तनको खेलमा एमाले नभई एमाओवादी लागेको आरोप समेत लगाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>