समाचारशनिबार, कार्तिक १५, २०७१

गृहमन्त्रीको अभिव्यक्ति विरुद्ध राप्रपा नेपाल आन्दोलनमा

हिमालखबर

उसले १५ कात्तिक दिउँसो काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा बिरोध जुलुस निकाल्ने जनाएको छ । राप्रपा नेपालले जिल्लातिर पनि आन्दोलनका लागि सर्कुलर पठाएको जनाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले १४ कात्तिकमै सामाजिक सञ्जालमार्फत आन्दोलनको घोषणा गरेका थिए । जसलाई १५ कात्तिकमा बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अनुमोदन गरिने जनाइएको छ ।

राप्रपा नेपालले गृहमन्त्री गौतमले भगवानप्रति व्यंग गरेको भन्दै सशक्त आन्दोलन गर्ने जनाएको छ । थापाले लेखेका छन्, ‘‘धार्मिक आस्था र भगवान प्रति व्यंग गर्ने र अपमान गर्ने मा़.गृहमन्त्रीको कार्य गैर जिम्मेवारिपूर्ण छ। गृहमन्त्रीले ती शब्दहरु फिर्ता लिनुपर्छ ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>