समाचारआइतबार, कार्तिक १६, २०७१
गुल्मीमा बालबालिका चढेको जीप दुर्घटना, १ को मृत्यु १२ घाइते
गुल्मीको अस्लेवा–६ नुनछरे डाँडामा देउसी भैलो खेलेर उठेको पैसाले वनभोज मनाउन (भैलो खान) गएका गुल्मी खैरेनी–१ की १४ वर्षीया सीता सुनारको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
घाइते हुनेमा २९ वर्षका जीप चालक र खाना बनाइदिन गएका १६ वर्षीय अनिल बाहेक सबै बालबालिका ७ देखि ११ वर्षका छन् ।
अस्लेवा बाट वनभोज सकेर खैरेनी आउँदै गरेको लु १ च ४८७९ नम्बरको जीप सडकबाट ३०० मिटर तल खसेको हो । घाइते सबैको पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
देव पचभैया, पाल्पा
