समाचारसोमबार, कार्तिक १७, २०७१
कांग्रेस–एमाले प्रस्ताव संघीयता विरोधीः यादव
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेले ल्याएको ६ वा ७ प्रदेशको अवधारणा संघीता र लोकतन्त्रको विरुद्धमा भएको बताएका छन् । उनले सम्पूर्ण आन्दोलनको उपलब्धिलाई समाप्त र सहमतिलाई लत्याउँदै कांग्रेस, एमाले र राप्रपाले यस्तो प्रस्ताव ल्याएको बताए ।
मधेसी पत्रकार समाज पर्साले १७ कात्तिकमा वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन दलले ल्याएको अवधारणा अन्तरिम संविधान र सहमति विपरीत बताए । उनले भने, ‘‘सबै शक्तिको सहमतिबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र सबैलाई सम्बोधन गर्ने गरी पहिलो संविधानसभामा प्रस्तुत भएको प्रतिवेदनको आधारमा राज्य पुनःसंरचना हुनुपर्छ ।’’
