समाचारसोमबार, कार्तिक १७, २०७१

सहमति गर्ने समय भयोः सभामुख

हिमालखबर

सहमति गर्ने समय भयोः सभामुखसंविधानसभा अध्यक्ष सुवास नेम्बाङले दलहरुबीच विवादित विषयमा सहमति गर्ने समय भएको बताएका छन् । विभिन्न ११ विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र १७ कात्तिकमा ग्रहण गर्दै उनले दलहरुले लामो समय छलफलमा बिताइसकेकाले अब तत्काल निर्णय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “अब दलहरुले तत्कालै सहमति कायम गरेर ८ माघमा संविधान जारी गर्न लाग्नुपर्छ ।” उनले दलहरुले विवादित विषयमाथिको गाँठो फुकाउन धेरै समय लगाएको टिप्पणी गरे ।

“औपचारिक र अनौपचारिक छलफल गर्दा दुई घन्टामा निर्णय गर्ने बताए पनि नेताहरुले अझै निर्णय गर्न नसक्नु दुःखद् हो,” उनले भने ।

उनले विवाद समाधान गर्न अप्ठ्यारो परे जनतालाई छिनोफानो गर्न दिनुपर्नेमा जोड दिए । उनले भने, “विवाद समाधान परेको अप्ठ्यारो जनतालाई छिनोफानो गर्न दिनुपर्छ, जनतलाई त्यो अप्ठ्यारो भन्नुपर्छ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>