समाचारसोमबार, कार्तिक १७, २०७१
‘कोइली’ नेपाल आइपुग्यो
चीनले अनुदानमा दिएको यो दोस्रो विमान १७ कात्तिक दिउँसो नेपाल आइपुगेको हो । ‘वाई १२–ई’ जहाजलाई ‘कोइली’ नाम दिइएको निगमले जनाएको छ ।
यसअघि, चीनले दिएको ५६ सीट क्षमताको एमए–६० जहाजले नेपालमा उडान भरिरहेको छ । चीन सरकारले २ वटा विमान अनुदान र अरु चार वटा विमान सहुलियत ऋणमा दिने सहमति भएको छ ।
