समाचारसोमबार, कार्तिक १७, २०७१
६ प्रदेशको प्रस्ताव अन्तिम होइनः कांग्रेस–एमाले
१७ कात्तिक दिउँसो बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले विवादित विषयमा धारणा राख्दै अन्तिम नभएको बताएका हुन् ।
कोइराला र ओलीले प्रस्तावलाई अन्तिम जस्तो गरेर विरोध नगर्न आग्रह गर्दै सहमति कायम गर्नेतिर लाग्नुपर्ने बताए । कांग्रेस, एमाले र राप्रपाले ६ प्रदेशको संघीयता, सुधारिएको संसदीय व्यवस्था, राष्ट्रिय सभा ६५ जना, प्रतिनीधिसभा १७५ जना हुनुपर्ने प्रस्ताव राखेको छ ।
बैठकमा एमाओवादी अध्यक्ष दाहालले भने कांग्रेस–एमालेको प्रस्तावमा संघीयताको कुनै गन्ध समेत नआएको बताए । उनले यो प्रस्ताव दर्ता गर्न नहुने भन्दै सन्दर्भ सामाग्रीका रुपमा मात्रै हुनुपर्ने बताए । बैठक आधा घण्टा जति बसेको थियो ।
