समाचारमंगलबार, कार्तिक १८, २०७१

हेटौंडामा गाडी दुर्घटना, ७ को मृत्यु (अपडेट)

हिमालखबर

–अशोकसुजन श्रेष्ठ, मकवानपुर

हेटौंडामा गाडी दुर्घटना, ७ को मृत्युमकवानपुरको हेटौंडास्थित चुरियामाईमा ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । नौ जना घाइते छन् ।

सर्लाहीबाट चितवन जाँदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक १८ कात्तिक बिहान ५ बजेतिर चुरियामाई मन्दिर नजिकै दुर्घटना भएको हो । उकालोमा ट्रक अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सर्लाही औरहीका सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, बिशेष यादव, जंगीलाल महतो र सर्लाही नवलपुरका राजकुमार माझी छन् ।

चितवनमा धान काट्न जान ट्रकमा चढेकाहरु दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

उनका अनुसार घाइते ९ जनाको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि भरतपुर लगिएको छ । घाइते सबै सर्लाही औरही गाविसका छन् ।

घाइतेहरुले पथलैयाबाट सहचालकले ट्रक चलाएको बताएको प्रहरीको भनाइ छ । चालक र सहचालक फरार छन् ।

_______________________________________________________________________________

हेटौंडामा गाडी दुर्घटना, ७ को मृत्यु

मकवानपुरको हेटौंडा चुरियामाईमा ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

अशोकसुजन श्रेष्ठ, मकवानपुर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा नगरपालिका–१७ चुरियामाईमा ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १८ कात्तिक बिहान पाँच बजेतिर भएको दुर्घटनामा परी ९ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीबाट चितवन जाँदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक चुरियामाई मन्दिर नजिकै दुर्घटना भएको हो । उकालेमा ट्रक अनियन्त्रित भइ पल्टेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये ८ जनाको हेटौंडा अस्पतालमा र एक जनाको भरतपुरमा उपचार भइरहेको छ । ाइते सबै सर्लाही औरहीका छन् ।

घाइतेहरुले पथलैयाबाट सहचालकले ट्रक चलाएको बताएको प्रहरीको भनाइ छ । चालक र सहचालक फरार छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>