समाचारमंगलबार, कार्तिक १८, २०७१
एमाले बैठक सरेको स-यै
१४ कात्तिकमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमतिको प्रस्ताव राखेर १८ कात्तिकसम्मलाई बैठक सारिएको थियो । तर, १८ कात्तिकको बैठक पनि एमाले अध्यक्ष केपी ओलीले स्थगित गरेका छन् ।
स्थगित भएको बैठक सर्नुको कारण थाहा नभएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । अध्यक्ष ओलीले बैठक २२ कात्तिकका लागि सारिएको सूचना एसएमएसबाट जानकारी गराएका छन् ।
दोस्रो केन्द्रीय कमिटीले १० असोजका लागि बोलाएको बैठक १० कात्तिकका लागि सारिएको थियो । केन्द्रीय कमिटी बैठकका लागि विभिन्न क्षेत्रबाट आएका केन्द्रीय सदस्यहरु काठमाडौं आएका छन् ।
एमालेमा स्थायी कमिटी, पोलिटब्यूरो, विभागीय जिम्मेवारी तोकिएको छैन । ३ साउनमा सकिएको नवौं राष्ट्रिय महाधिवेशनबाट सुरु भएको नेपाल र ओलीबीच जिम्मेवारी बाँडफाँडमा समस्या देखिएको छ ।
ओलीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोमा आफ्नो बहुमत बनाउने प्रयत्न अनुरुप विधान आफुखुशी सच्याएको भन्दै नेपाल पक्षधरले आक्रोस पोखिरहेका छन् ।
