समाचारसोमबार, आश्विन २२, २०६९
सिरहामा भ्यान दुर्घटना हुँदा सोह्र घाइते
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज१च ७५३ नम्बरको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको पूर्ण पहिचान खुल्न बाँकी रहे पनि सबै तरकारी व्यापारी रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घाइतेहरुको को मिर्चैयास्थित अस्पतालमा उपचार भइरहेको छ । रासस
