समाचारमंगलबार, कार्तिक १८, २०७१

अव २२ दलीय मोर्चाले राज्य चलाउँछः दाहाल

हिमालखबर

पाँचथरमा २२ दलले गरेको सभाका सहभागी ।

पाँचथरमा २२ दलले गरेको सभाका सहभागी ।

पाँचथरमा आयोजित सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बृहद शान्ति सम्झौता विपरित ६ प्रदेशको अवधारणा राख्ने कांग्रेस–एमालेलाई सरकार चलाउने संवैधानिक आधार नभएकाले अव २२ दलीय मोर्चाले राज्य चलाउनुपर्ने दाबी गरेका छन् । दाहालले भने, ‘‘बृहत शान्ति सम्झौता, १२ बुँदे सहमति र अन्तरिम संविधानको मर्मविरोधी दलहरुलाई सरकार चलाउने राजनैतिक र संवैधानिक अधिकार छैन ।’’

उनले दुई दलले ल्याएको प्रदेशको संख्यामा संघीयताको कुनै गन्ध नभएको बताए । दाहालले भने, ‘‘५ विकास क्षेत्रलाई ६ बनाउने वा १४ अञ्चललाई ७ मा झार्ने प्रस्ताव संघीयताको मर्म अनुसार होइन ।’’ कांग्रेस–एमालेको प्रस्ताव फिर्ता हुनुपर्ने भन्दै दाहालले उक्त प्रस्तावलाई ‘गधाको खोल लगाएको मान्छे’को संज्ञा दिए ।

सभामा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बहुमतबाट जारी गरिएको संविधान मान्य नहुने बताए । मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांंग्रेस र एमालेलाई पहिचान र संघीयता विरोधीको आरोप लगाए ।

एकल जातीय पहिचान पक्षधर २२ दलले १८ कात्तिकमा आयोजित सभामा २० हजार उतारेर कांग्रेस–एमालेलाई झट्का दिने भनिएको भए पनि सभामा करिब तीन हजारको मात्रै सहभागिता थियो ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>