समाचारबुधबार, कार्तिक १९, २०७१
सुशील र केपी संविधानका बाधक हुन्ः दाहाल
१९ कात्तिकमा इटहरीमा कार्यकर्ता भेटघाटमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली तयार नहुदा दलहरुबीच सहमति नभएको दाबी गरेका छन् । पाँचथरमा २२ दलको सभा सकेर फर्कने क्रममा दाहालले कांग्रेस–एमालेलाई तत्काल सत्ता खाली गर्न चेतावनी दिए ।
दाहालले वर्तमान प्रधानमन्त्री कोइराला नेतृत्वको सरकार रहेसम्म सहमतिमा संविधान जारी हुन नसक्ने जनाए । एमाओवादी नेता बाबुराम भट्टराईले सत्ताको खेलमा लागेर संविधानका अन्तर्वस्तुमा सहमति हुननसकेको टिप्पणी गरेका बेला दाहालको यस्तो प्रतिक्रिया अाएको छ ।
दाहाल नेतृत्वको २२ दलीय एकल जातीय पक्षधर मोर्चाले सडक सडक संघर्षबाटै वर्तमान सरकारलाई ढाल्ने चेतावनी दिदै आएको छ ।
