समाचारसोमबार, आश्विन २२, २०६९

एमाओवादीको नेतृत्वमा सहमतिको सरकार हुँदैनः अध्यक्ष खनाल

हिमालखबर

झापाको चन्द्रगढी विमानस्थलमा २२ असोजमा सञ्चारकर्र्मीहरुसँग कुरा गर्दै खनालले अब बन्ने सहमतिको सरकार एकीकृत नेकपा माओवादी बाहेक जसको नेतृत्वमा भए पनि हुने स्पष्ट पारे ।

असोजभित्र सहमतिको सरकार बनाउन नसके मुलुकको अर्थतन्त्र धराशायी हुने भन्दै उनले बाबुराम भट्टराई सरकार अहिलेसम्मकै राष्ट्रघाती र असफल रहेको दाबी गरे । एमाले र कांग्रेस सहमतिका लागि तयार भए पनि माओवादीको हठका कारण सहमति बन्न नसकेको खनालको भनाई थियो ।

अध्यक्ष खनालले कांग्रेसलाई एकपटक सहमतिको सरकारको नेतृत्व गर्न आग्रह गरेको खुलाउँदै कांग्रेस तयार हुनु पर्ने बताएका थिए ।
केही दिनअघि पहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृहजिल्ला इलाम जाने क्रममा उनी चन्द्रगढी पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>