समाचारशुक्रबार, कार्तिक २१, २०७१

असंवैधानिक समितिमा गइँदैनः ओली

हिमालखबर

संविधान निर्माणका विवादित विषयहरुमा बाबुराम भट्टराई संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले सहमति गर्न नसकेपछि तीन दलका नेताहरुबीच उच्चस्तरीय राजनीतिक समितिमा छलफल गर्ने कार्यक्रम तय भएको थियो ।

तर, २१ कात्तिकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा आयोजना गरिएको उच्चस्तरीय समितिको बैठकमा कांग्रेस र एमालेका नेताहरु सहभागी नभएपछि बैठक स्थगित भएको अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिए । उनले भने, “कांग्रेस र एमालेका नेताहरु नआउने भएपछि बैठक स्थगित भएको हो ।”

एमाले अध्यक्ष केपी ओलीले समितिलाई असंबैधानिक भन्दै त्यस्तो ठाउँमा आफू नजाने बताएको युवा संघका सचिव एवम् ओली निकट रमेश पौडेलले जानकारी दिए । “अरु फोरमहरुमा छलफल हुनसक्छ तर, उच्चस्तरीय समितिमा हुँदैन,” ओलीको भनाई उद्धृत गर्दै पौडेलले बताए ।

यता प्रधानमन्त्री सुशील कोइरालाले ‘प्रोटोकल’ नमिल्ने भन्दै दाहाल अध्यक्ष रहेको बैठकमा आफू सहभागी नभई अरु नेतालाई सहभागी गराउने बताउँदै आए पनि अाजको बैठकमा कांग्रेसका कोही नआउने जानकारी गराइएको थियो ।

एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति सुशील कोइराला समितिको बैठकमा नजाने भएपछि समितिमा दाहाल एक्लै परेका छन् । दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति गठनको माग राख्दै एमाओवादीले पटक पटक गरी दुई महिना संसद बैठक अवरुद्ध पारेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>