समाचारशुक्रबार, कार्तिक २१, २०७१

आलोकको कोठामा ‘सुसाइड नोट’ फेला पर्‍यो

हिमालखबर

२० कात्तिक साँझ झुण्डिएको अवस्थामा फेला परेका ४१ वर्षीय अविवाहित चलचित्र निर्देशक आलोक नेम्वाङको घरबाट ‘हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु’ भन्ने लेखिएको कागज फेला परेको प्रहरीले जनाएको छ ।

कसैलाई दोष नदिई लेखिएको उक्त ‘नोट’ आलोकले नै लेखेका हुन् वा होइनन् भन्ने पुष्टि गर्न थप परीक्षण गरिने प्रहरीले जनाएको छ ।

यद्दपी उनको शवको पोष्टमार्टम रिपोर्ट र घटनाको प्रकृति अनुसार उनले आत्महत्या नै गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

किन हुन्छ अात्महत्या ?

युनिभर्सिटी अफ सिकागोका इन्टरनल मेडिसिन फिजिसियन डा एलेक्स लिकरम्यानका अनुसार मानिसले आत्महत्या गर्नु एक प्रकारको रोग नै हो । जसका  मुख्य ६ वटा कारण हुन्छन् ।
१. अवसादग्रस्त (डिप्रेसनको विरामी)भएपछि

२. गम्भीर मानिसक रोग (साइकोटिक) भएपछि

३. आवेगमा होस गुमाएर निर्णय गर्दा । (विशेष गरी अत्यधिक मदिरा र लागु पदार्थको सेवन गर्नेहरु)

४. अप्ठ्यारोमा परेका बेला सहयोगको अपेक्षा राखेकाहरुसँग सहयोग नपाएपछि

५. मृत्युप्रतिको सम्मोहन (दार्शनिक खालको सोच) । विशेष गरी गम्भीर विरामी परेको वा समस्यामा परेकाहरुले त्यसको समाधान मृत्यु मात्रै देख्न     थालेपछि ।

६. गल्ती गरेर गम्भीर अपराधवोधले सताएपछि

यद्दपी आत्महत्या गर्नुअघि उनीहरुले केही न केही संकेत गरेका हुन्छन् । त्यस्तो व्यवहार देखाउनेका  नजिकका आफन्तले थाहा पाएर उपचार गराएमा आत्महत्या रोक्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>