समाचारशनिबार, कार्तिक २२, २०७१

७२ लाख घुस लिएका भन्सारका सुब्बा पक्राउ

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ कात्तिक साँझ ८ बजे धुम्बाराहीको मुनलाइट क्याफेबाट कार्कीसँगै दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम अधिकारीलाई घुस लिंदै गरेको रकमसहित पक्राउ गरेको हो ।

घुस लिएको रकम दुई झोला र एक पोकामा थियो ।

क्याफेमा पार्क गरिराखेको गाडीमा राखिएका दुई पोकामा राखिएको २१ लाख ४० हजार बरामद गरेको अख्तियारको टोलीले कार्कीको घरमा पनि रकम लुकाएर राखेको खबर पाएपछि अख्तियारको टोली आकाश धारास्थित उनको घर पुगेको थियो । तर, कार्की पक्राउ परेको थाहा पाएपछि उनकी श्रीमती पैसा र गहगहना लिएर प्रहरी आउनु अघि नै निस्किसकेकी थिइन् ।

धुम्बाराहीस्थित साथीको घरमा उनले पुराना कपडाले बेरेर रकम र गहना घरबाहिरै रहेको प्लाटिकको ड्रममा लुकाएकी थिइन् ।
तर श्रीमती कार्कीलाई पछ्याउँदै धुम्बाराही पुगेको प्रहरीले घर कम्पाउण्डमा रहेको रातो झोलामा ५० लाख ९५ हजार नगद र केही गहनासमेत फेला पार्न सफल भयो ।

पक्राउ परेका कार्कीले भने हाकिमका लागि रकम लिएको भन्दै सुदीपचन्द्र साहको नाम लिएका छन् ।

पक्राउ परेका भारतीय सुन तस्करलाई छुटाउन साहले रकम लिन भनेपछि आफूले लिएको उनको दाबी छ ।

अख्तियारको टोलीले दुई वटा गाडी पनि नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>