समाचारशनिबार, कार्तिक २२, २०७१

‘प्रधानन्यायाधीश बाहेक सबैलाई बोलाउन सक्छौं’

हिमालखबर

jwalaअख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार मिचेर विभिन्न क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको आरोप लागेपछि १९ कात्तिकमा संसदको अर्थसमितिमा बोलाइएका आयोग प्रमुख लोकमानसिंह कार्कीले आफूलाई बोलाउने अधिकार जुनसुकै संसदीय समितिलाई नभएको भन्दै अबदेखि अर्थ समितिमा नआउने बताएका थिए ।

अख्तियार प्रमुखको उक्त भनाईले मिडियामा चर्चा पाएपछि त्यसबारे प्रतिक्रिया दिंदै समितिका सभापित प्रकाश ज्वालाले अर्थसमितिले आफ्नो क्षेत्राधिकार नाघ्यो भन्नु गलत भएको भन्दै समितिको नियामावालीको ११० र नियमको १२७ नम्बरमा सरकारका सबै निकयालाई बोलाउन सक्ने ब्यवस्था रहेको स्पष्ट पारेका छन् ।

ज्वालाले समितिले चाह्यो भने मुलुकका प्रधानमन्त्रीदेखि सबै निकायका प्रमुखलाई बोलाउन सक्ने बताए ।

उनले भने, “प्रधानन्यायाधीश बाहेक सबै संवैधानिक निकायका प्रमुखहरुलाई बोलाउन सक्छौं ।”

अख्तियारको निर्देशनले ६ सय मेगावाट विद्युत उत्पादनलाई असर पारेकोले त्यसलाई कम गरेर लोडसेडिङबाट आक्रान्त मुलुकलाई बचाउन अख्तियार प्रमुखलाई बोलाएको जानकारी दिदै ड्राईभर, खरदार र पियनलाई कारवाही गरेर भ्रष्टाचार न्यूनिकरण नहुने उनको भनाई थियो ।

उनले भने, “अख्तियारले आतंक मच्यायो, मन्त्रालयले गर्ने काम अख्तियारले गर्न खोज्यो ।”

फरक प्रसंगमा ज्वालाले संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले धेरै समय लिएर पनि केही उपलब्धि दिन नसकेको अरोप लगाउँदै आफूले नसकेको विषयलाई संविधानसभामा जिम्मा लगाउनु पर्ने जिकिर गरे ।

एमाले र कांग्रेसको साझा धारणा दुई तिहाई बहुमतको प्रस्ताव भएकोले यसलाई संविधानसभामा पेश गर्नु पर्नेमा जोड दिदै उनले सबैले चुनावको बेलामा प्रक्रियामा जाने सहमति जनाए अनुसार उक्त प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।

अर्थ समितिमा सभासदको आरोप र लोकमानको बयान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>