समाचारमंगलबार, आश्विन २३, २०६९

माओवादीका धर्नाकारीमाथि सरकारको लाठी

हिमालखबर

बैद्य माओवादी निकट ‘राज्यद्वारा बेपत्ता पारिएका बेपत्ता नागरिक परिवार समाज’ ले २३ असोजमा प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि धर्ना दिइरहेका बेला उनीहरुलाई हटाउन प्रहरीले लाठी प्रहार गरेको हो ।

घेराउको क्रममा प्रहरीसँगको झडपमा आफ्नोतर्फका ६ जनाभन्दा बढी घाइते भएको बेपत्ता परिवार राष्ट्रिय सञ्जालका संयोजक रामकुमार भण्डारीले जनाएका छन् । झडपमा केहीको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइतेहरुको राजधानीका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । नेकपा–माओवादीले केही समय पहिला राष्ट्रिय स्वाधिनता र जनजिविकाका मुद्दालाई समेटेर प्रधानमन्त्री बाबुराम भट्टराईलाई ७० बुँदे माग पत्र बुझाएको थियो । घेराउ मार्फत ध्यानआकर्षण गराएको तर ध्यानाकर्षण गराउदा पनि माग संबोधन नभए थप आन्दोलनको घोषणा गर्ने माओवादीले जनाएको छ ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई महासेनानी पदमा बढुवा गरेको थियो ।  बस्नेतमाथि निर्दोष नागरिकलाई बेपत्ता पार्नेजस्तो गम्भीर अपराध गरेको समाजले आरोप लगाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>