समाचारआइतबार, कार्तिक २३, २०७१

दाहालले हावादारी कुरा गरेः उपप्रधानमन्त्री गौतम

हिमालखबर

Bamdev-Gautamकेही दिनअघि पाँचथरको आमसभामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार चलाउँछु भन्नु हावादारी कुरा मात्र भएकाले यसको कुनै अर्थ नरहेको गृहमन्त्री गौतमले टिप्पणी गरेका छन् ।

२३ कात्तिक साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले ८ माघभित्रै संविधान निर्माणको ग्यारेन्टी हुन्छ भने प्रतिपक्षी दलहरूको सहभागितामा संयुक्त सरकार गठन गर्न सकिने पनि बताए । यसअघि काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता दीपकुमार उपाध्यायले मधेशकेन्द्रित दलहरुलाई सरकारमा ल्याउने तयारी भइरहेको बताएका थिए ।

सरकारभन्दा पनि संविधान निर्माण महत्वपूर्ण भएकाले जनतालाई सङ्घीय लोकतान्त्रिक संविधान दिनका लागि जस्तोसुकै लचकता अपनाउन आफूहरू तयार रहेको गौतमको भनाई थियो ।

उनले एमाले र कांग्रेसको सात प्रदेशको प्रस्ताव जनताको पक्षमा भएकाले सातबाट ६ प्रदेश निर्माण गर्न सकिने तर ८ प्रदेश कुनै पनि हालतमा स्वीकार्य नहुनेमा जोड दिए ।

संविधान निर्माणका सहमति र असहमतिका विषयलाई मत विभाजन प्रक्रियामा गएर भएपनि बहुमतबाट पारित गरी ८ माघभित्रै संविधान जारी गरी छाड्ने उनले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>