समाचारआइतबार, कार्तिक २३, २०७१
सभासद चढेको विमान दुर्घटनाबाट बच्यो
सोलुखुम्बुको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । २३ कात्तिक बिहान सोलुखुम्बुबाट काठमाडौं उड्न लागेको विमानको इन्जिनमा खराबी आएपछि उडान रोकिएको हो ।
उडान भर्न लागेको विमानको अगाडिको बत्ति नबलेपछि तत्कालका लागि उडान रोकिएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ ।
प्राधिकरणका अनुसार मर्मत पछि २३ कात्तिक दिउँसो काठमाडौं उडिसकेको छ ।
विमानमा ५ सभासदसहित १५ यात्रु सवार थिए । विमानमा सभासदहरु लक्ष्मणलाल कर्ण, भानुभक्त ढकाल, कमलप्रसाद पंगेनी, रेखा शर्मा र रामनारायण बिडारी सवार थिए ।
–बुद्धवीर बाहिङ, सोलुखुम्बु
