समाचारमंगलबार, आश्विन २३, २०६९
पत्रकार रेग्मीको निधन
लैनचौरस्थित निवासमा बिहान ४ बजे हृदयघात भई चिच्याएका पत्रकार रेग्मीलाई उनकी बहिनी र छिमेकीले त्रिविवि शिक्षण अस्पतालमा पुरयाएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
विसं २०४३ मा दाङको तुलसीपुर नगरपालिका–६ मा जन्मेका स्वर्गीय रेग्मी न्यूज २४ टेलिभिजनमा स्थापनाकालदेखि नै कार्यरत थिए ।
