समाचारसोमबार, कार्तिक २४, २०७१

अध्यक्षको अक्षमताले बैठक सर्दैछः झाँक्री

हिमालखबर

नेकपा एमालेका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अक्षमताले बैठक बस्न नसकेको बताएकी छिन् । संविधानका विवादित विषयमा पार्टीको बैठक बढी हुनुपर्नेमा नियमित बैठक समेत लामो समय सारेर ओलीले अक्षमता प्रस्तुत गरेको उनले बताइन् ।

एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक २२ मंसीरसम्मलाई सारिएको छ । झाँक्रीले नियमित बैठक समेत नराखेर मनखुशी कांग्रेससँग गरिएको सम्झौताको स्वामित्व पार्टीले लिन नसक्ने बताइन् ।

‘‘घोषणापत्रमा जे आएको छ, त्यो भन्दा बाहिर एक्लौटी गरिएको निर्णयमा सबै सभासदले हस्ताक्षर गर्नुपर्न भन्ने हुँदैन’’ उनले भनिन् । अध्यक्ष ओलीले पार्टीको संस्थागत प्रस्ताव एक्लौटी सच्याएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

१४ कात्तिकमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमति पत्र प्रस्तुत गरेपछि ओलीले बैठक एक महीना सारेका छन् । गत ३ साउनमा महाधिवेशन सकिएपनि अहिलेसम्म जिम्मेवारी बाँडफाँड, पोलिटब्यूरो र स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी प्रदान गरिएको छ । अध्यक्ष ओलीले भने संविधान निर्माणको विषेश समय भन्दै बैठक स्थगित गरेका छन् ।

यसअघि, २२ कात्तिक, १८ कात्तिक, १४ कात्तिक र १० असोजमा बैठक स्थगित भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>