समाचारमंगलबार, कार्तिक २५, २०७१

आफ्नो प्रस्ताव संविधानसभामा पठाउन कांग्रेस–एमालेको दबाब

हिमालखबर

 संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको २५ कात्तिको बैठकका सहभागी । तस्वीर: रासस

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको २५ कात्तिको बैठकका सहभागी । तस्वीर: रासस

संविधानका विवादित विषयमा लगातार छलफल भइरहँदा पनि सहमति जुट्न नसकेपछि २५ कात्तिकमा बसेको संवाद समितिको बैठकमा कांग्रेस र एमालेका नेताहरुले ४ दलले गरेको प्रस्तावलाई प्रतिवेदन बनाई संविधान सभामा पठाउन दबाब दिएका छन् ।

सहमति हुन नसकेकाले आफूहरुको संयुक्त प्रस्तावलाई संविधानसभामा लजानु बाहेक समितिसँग अर्को विकल्प नभएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । उनले भने, “हाम्रो संयुक्त प्रस्तावलाई संविधान सभामा लैजान भनेका छौं ।”

तर सत्तारुढ लगायतका दलहरुको संयुक्त प्रस्तावको विपक्षी दलहरुले चर्को विरोध गरेका छन् ।

गत १५ गतेभित्रै विवादित विषयमा सहमति जुटाउने म्याद पाएको समितिले अझै पनि बैठकलाई निरन्तरता दिइरहेको छ ।

यस्तो छ, चार दल र दुई स्वतन्त्र सभासदको संयुक्त प्रस्ताव

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>