थप समाचारबुधबार, कार्तिक २६, २०७१
अर्घाखाँचीमा जीप दुर्घटना, ३ को मृत्यु
अर्घाखाँचीको अर्घामा २५ कात्तिकमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । चुत्राबेसीबाट हिले जाँदै गरेको लु १ ज १४५३ नम्बरको जीप सन्धिखर्क नगरपालिका–१२ अर्घा घर्तीखोर दीपमा दुर्घटना भएको हो ।
जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा गाडी चालक धारापानी–६ रातामाटाका कमल बन्जाडे, सन्धिखर्क नगरपालिका–१२ अर्घा दीपकी जमुना खड्का र उनका एक वर्षीय छोरा कपिल खड्का रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसिले जानकारी दिए ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
