समाचारबुधबार, कार्तिक २६, २०७१

शक्ति प्राप्त गर्न रोल्पा आएको हुँः दाहाल

हिमालखबर

राँसीमा २६ कात्तिकमा आयोजित सभामा बोल्दै अध्यक्ष दाहालले आफुलाई रोल्पाली जनताको साथ चाहिएको बताए । उनले भने, ‘‘संविधान निर्माण गर्न रोल्पाली जनताको शक्ति प्राप्त गर्न आएको हुँ ।’’

माओवादी हिंसा र युद्धमा नफर्कने बताउँदै दाहालले जनताको हक अधिकार समेटिने गरी नयाँ संविधान निर्माण नगरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिए । तोकिएकै समयमा संविधान ल्याउन आफूहरु पनि लागिपरेको बताउँदै उनले भने, “विगतमा गरिएको सम्झौताअनुसार जनताको संविधान निर्माण भएन भने हामी हिंसापूर्ण तरिकाबाट होइन, प्रतिस्पर्धात्मक रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने छाँै ।”

४ दिने रोल्पा भ्रमणमा रहेका दाहाल २६ कात्तिकको बास माडिचौरस्थित नेता वर्षमान पुनको घरमा बास बस्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>