समाचारबुधबार, कार्तिक २६, २०७१

संविधान निर्माणमा भएको गतिरोधबारे कूटनीतिज्ञसँग छलफल

हिमालखबर

सोल्टी होटलमा २६ कात्तिकमा विदेशी कुटनीतिज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका क्रममा देखापरेका अवरोधबारे विदेशी कूटनीतिज्ञलाई जानकारी गराएका छन् ।

छलफलमा कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा लगायतका नेताहरु र विभिन्न राष्ट्रका कूटनीतिज्ञको सहभागिता थियो ।

छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका सम्बन्धमा एमाओवादीले सिर्जना गरेका अवरोधबारे कूटनीतिज्ञहरुलाई जानकारी गराइएको बताए ।

उक्त अवसरमा कूटनीतिज्ञबाट नेपाली जनताको चाहना नयाँ संविधान भएकाले निर्धारित मितिमै संविधान ल्याउन जोड दिइएको उपसभापति पौडेलले जानकारी गराए ।

एमालेका उपाध्यक्ष भीम रावलले संविधान निर्माण प्रक्रियामा देखापरेका अवरोधबारे कूटनीतिज्ञहरुसँग छलफल भएको बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>