समाचारमंगलबार, आश्विन २३, २०६९
भृकुटीमण्डपमा लाइफ स्टायल एकस्पो हुने
उक्त प्रदर्शनीमा नेपालीहरुमा घुम्ने बानीको विकास गराउन विभिन्न टुर अपरेटरहरूले दिने भ्रमण प्याकेजको जानकारीबारे छुट्टै पेभेलियन राखिने भएको छ । चीनबाट आउने १२ कम्पनीहरूले पनि छुट्टै मण्डपमा आफ्नो प्रदर्शनी गर्नेछन् । एक्स्पोमा सहभागीहरुको मनोरञ्जनका लागि विभिन्न १४ ब्यान्डले साङ्गीतिक प्रस्तुति दिनुका साथै विभिन्न १४ कलेजबीच हाजिरीजवाफ प्रतियोगिता हुने पनि आयोजकले जनाएका छन् ।
कराँते प्रदर्शन, गजलसाँझ, जादूगरी, रक कन्सर्ट, शारीरिक सुगठन प्रतियोगिता, डग शो, फेसन शो लगायतका कार्यक्रमहरूले एक्स्पोमा विशेष आकर्षण थप्ने आयोजकको विश्वास छ । मेलामा युवा वर्गलाई लक्षित गरेर मोटरसाइकल, स्कुटर, कार तथा ग्याजेटहरूको छुट्टै प्रदर्शनी गरिने जनाइएको छ ।
हिमालमिडिया, हाउस अफ राजकर्णिकार, डाइरेक्सन नेपाल र ग्लोबल एक्स्पोजिसन म्यानेजमेन्ट सर्भिसले पर्वको मौका पारेर राजधानीमा पहिलो पटक यस्तो प्रदर्शनी गर्न लागेका हुन् ।
हालसम्म नेपालमा आयोजना भएकामध्ये छुट्टै र विशेष प्रकारको मेला आफूहरूले आयोजना गर्न लागेको हाउस अफ राजकर्णिकारका प्रबन्ध निर्देशक वीरेन्द्र राजकर्णिकारले बताए । प्रभात भट्टराई
