समाचारशुक्रबार, कार्तिक २८, २०७१
प्रकृयामा लैजान हस्ताक्षर अभियान
विवादित विषयलाई संविधानसभामा लैजान बाबुराम भट्टराई संयोजकत्वको समितिका सदस्यहरुले नै हस्ताक्षर बुझाउने संकलन गर्ने भएका हुन् । उनीहरुले समितिमा विवादित विषय अल्झाएर नराखी प्रकृयाका लागि संविधानसभामा लैजान हस्ताक्षर बुझाउने भएका हुन् ।
७३ सदस्यीय समितिमा बहुमत सदस्यले हस्ताक्षर बुझाउने एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बताए । संविधानसभाले विवादित विषयमा सहमति जुटाउन तेस्रो पटक दिएको १६ कत्तिकसम्मको समय सकिएपनि सहमति हुन सकेको छैन ।
विवादित विषयमा कांग्रेस–एमालेले साझा धारणा बनाएपछि १८ कात्तिकपछि बैठक बस्न सकेको छैन । गत २६ कात्तिकमा राखिएको बैठक समितिका सभापति भट्टराई विरामी परेपछि २८ कात्तिक दिउँसो १ बजे बैठक बोलाइएको छ ।
