समाचारशुक्रबार, कार्तिक २८, २०७१
उत्तेजक अभिव्यक्तिले संविधान बन्दैन: नेपाल
उनले सहमतिको संविधान बनाउन गैरजिम्मेवार अभिव्यक्तिले अवरोध सृजना गर्ने बताए । प्रेस चौतारी मोरङले २८ कात्तिकमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै दलहरुलाई लचकता अपनाउन आग्रह गरे ।
जातीयताको आधारमा संघीय राज्य दिएर मुलुकलाई टुक्रा–टुक्रा गर्न नपाइने उल्लेख गर्दै नेपालले भौगोलिक र जातीय एकतालाई ध्यानमा राखेर प्रदेश विभाजन गर्नुपर्ने बताए । सार्क सम्मेलन अगाडि नै दलहरुबीच सहमति हुुनु आवश्यक रहेको बताउँदै नेपालले भने, ‘‘विदेशी नेताहरुको उपदेश सुन्नु नपरोस् र हामी आफ्नो समस्या समाधान गर्न सक्षम छौँ भनि सन्देश दिन दलहरु एकताबद्ध हुनुपर्छ ।’’
