थप समाचारशुक्रबार, कार्तिक २८, २०७१
जापानमा नेपाली शिक्षक उत्कृष्ट
जापानको टोकियोस्थित सिनोकुबोको सामु ल्याङ्ग्वेज स्कुलमा अ
ध्यापनरत खोटाङ डाँडागाउँका भुवन रोकालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
जनवरी २०१३ देखि जापानमा अध्यापन गर्न थालेका रोकालाई सिनोकुबोको सामु ल्याङ्ग्वेज स्कुलले ‘बेस्ट टिचर अवार्ड’ सम्मान दिएको हो । रोकाका अनुसार ५ सय शाखा रहेको विद्यालयमा झण्डै ५० हजार बालबालिका पढ्छन् ।
विद्यार्थी भिसामार्फत डिसेम्बर २०११ मा जापान पुगेका रोकाले कान्तो क्षेत्रको शाखामा कार्यरत १५० विदेशी शिक्षकलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । कर्मचारी मात्रै १ हजार ३०० रहेका उक्त कम्पनीमा ४५० विदेशी शिक्षकले अङ्ग्रेजी पढाउँछन् ।
