समाचारशुक्रबार, कार्तिक २८, २०७१

रियल म्याड्रिडका पूर्व स्ट्राइकर राउल गोञ्जालेज नेपालमा

हिमालखबर

तस्वीर साभार: मञ्जु खड्गीको फेसबुक ।

तस्वीर साभार: मञ्जु खड्गीको फेसबुक ।

व्यक्तिगत भ्रमणका लागि स–परिवार नेपाल आएका स्पेनिस फुटबल खेलाडी राउल गोञ्जालेज काठमाडौंको द्वारिकाज होटेलमा बसेका छन् ।

हाल अमेरिकाको ‘न्यूयोर्क कसमस’ क्लबमा आवद्ध गोञ्जालेजले रियल म्याड्रिडका लागि १६ वर्षसम्म खेल्दा अहिलेसम्मकै सर्वाधिक ३२३ गोल गरेका छन् ।

उनी युरोपियन नेशनल कम्पिटिशनमा सर्वाधिक गोल (ला लिगामा २२८ र बण्डेसलिगामा २८ गरी जम्मा २५६ गोल) गर्ने स्पेनिश खेलाडी पनि हुन् ।

उनी व्यक्तिगत भ्रमणमा नेपाल आएको र अन्य कुनै विशेष कार्यक्रम नरहेको बुझिएको छ ।

काठमाडौं आउनुअघि थाइल्याण्डमा नेपाली यू–१६ फुटबल टोलीलाई भेटेका उनले शुभकामना समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>