समाचारशनिबार, कार्तिक २९, २०७१
पारस-हिमानी सम्बन्ध कानुनी मात्र
उनीहरु दुईबीचको पारिवारिक र भावनात्मक सम्बन्ध पूर्ण रुपमा टुटिसकेको पारसका साथीहरु बताउँछन् ।
पारस बैंककमा थाइल्याण्ड युवती केन्निका च्यान्साइसँग बसेका छन् । उनी प्रेमिका छाड्नै नसक्ने अवस्थामा पुगेपछि हिमानीसँगको सम्बन्ध करिब करिब टुटिसकेको अवस्था छ । प्रेमिकाकै कारण पारस र हिमानीको सम्बन्ध बिग्रिएको हो ।
पारस फेरि पक्राउ
पूवयुवराज पारस शाहलाई थाई प्रहरीले पुनः पक्राउ गरेको छ । थाई अदालतको तारेख गुजारेको अभियोगमा उनी गत वुधरवार पक्राउ परेको स्रोतले जनाएको छ ।
उनी पक्राउ परेको विषयमा विषयमा प्रेमिका कन्निका चेन्साईबाहेक अरुलाई जानकारी छैन । यद्यपी, बैंककमा बस्दै आएका नेपालीले विविवार पारसलाई प्रहरी हिरासतमै गएर भेटघाट गरेका थिए ।
‘अहिले पारसको मोबाइल फोन समेत कन्निका चेन्साईले रिसिभ गर्ने गरेकी छन्, अदालतको आदेश उल्लङ्घन गरेका उनी पक्राऊ परेका हुन ।’’ स्रोत भन्छ । यसअघि लागू औषधसहित पक्राउ परेका पारसलाई त्यहाँको अदालतले ३० लाख धरौटी लिई तारेखमा छोडेको थियो ।
राजधानी दैनिकबाट
