समाचारशनिबार, कार्तिक २९, २०७१

सहमति खोज्दै भट्टराई र श्रेष्ठ भेटघाटमा

हिमालखबर

नेताद्वय भट्टराई र श्रेष्ठले एमालेका अध्यक्ष केपी ओलीले २९ कात्तिकमा भेट गरिसकेका छन् । उनीहरुले विवादित विषयमा कसरी सहमति जुटाउने भन्नेबारे भेटमा छलफल गरेका छन् ।

उनीहरुले आजै साँझ प्रधानमन्त्री एवम् कांग्रेसका सभापति सुशील कोइरालालाई पनि भेट्दैछन् । तीनदिनभित्र सहमति नजुटे मुलुकमा महाभारत सुरु हुने बताएका भट्टराई अर्का नेता श्रेष्ठलाई लिएर सहमतिका निम्ति नेताहरुसँग भेटघाट थालेका हुन् ।

२८ कात्तिकमा बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि १ मंसीरमा फेरि बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ । यो तीनदिनभित्र नयाँ सहमतिमा पुग्नुपर्ने भन्दै भट्टराईले छलफल गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>