समाचारशनिबार, कार्तिक २९, २०७१
केशव स्थापित फेरि एमालेमै
उनलाई पार्टीमा स्वागत गर्न ३० कात्तिक दिउँसो ३ बजे पार्टी मुख्यालय बल्खुमा कार्यक्रम राखिएको एमालेका केन्द्रीय सदस्य सुर्य थापाले बताए । उनका अनुसार पार्टी अध्यक्ष केपी ओलीले नै स्थापितलाई स्वागत गर्नेछन् ।
स्थापितसँगै संघीय समाजवादी पार्टीका अन्य नेता–कार्यकर्ता पनि एमालेमा फर्कने कार्यक्रम रहेको जनाइएको छ । गत ४ मंसीर २०७० को संविधानसभा चुनावमा टिकट नपाएपछि स्थापित समाजवादीमा गएका थिए । उनले चुनाव नजितेपनि एमालेका उमेद्वार याेगेश भट्टराई स्थापितकै कारण पराजित भएकाे एमालेकाे अनुमान छ ।
उनी अध्यक्ष ओली पछि एमालेका युवा संघको अध्यक्ष हुन् । उनले २०५४ मा काठमाडौं महानगरपालिकाबाट मेयर जितेका थिए ।
