समाचारशनिबार, कार्तिक २९, २०७१

चन्द पार्टी फुटाउन अग्रसर रहेको वैद्य पक्षको निष्कर्ष

हिमालखबर

mohan-baidya-ra-netra-bikram-chandसचिव नेत्रविक्रम चन्द पक्षधरको सहभागिता बिनानै पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा २९ कात्तिकदेखि शुरु भएको नेकपा–माओवादीको बैठकमा सचिव चन्द पार्टी फुटाउने उद्देश्यसहित अगाडि बढेको ठहरसहित कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित रह्यो ।

सचिव चन्द पक्षले पार्टी अनुशासन विपरीतका कार्य अगाडि बढाएको विषयमा बैठकमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

उनले भनिन्, “भेला रोकेर छलफलमा आउन पोलिटब्युरो बैठकले गरेको आग्रह लत्याउँदै उहाँहरुले भेला आयोजना गर्नुभयो, त्यसले उहाँहरुको नियत के हो भन्ने प्रश्न उब्जिएको छ ।”

बैठकमा अहिलेको आवश्यकता एकता भएको ठहरसहित रुपान्तरण भएर पार्टी एकताबद्ध गर्न आग्रह गर्ने सहमति भएको भुसालले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सल्लाहकार समितिका अध्यक्ष कृष्णदास श्रेष्ठ, केन्द्रीय सदस्य सूर्य सुवेदी, मायाप्रसाद शर्मा, श्रीनाथ अधिकारी, दिलीप प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने क्रम जारी रहेकाले ३० कात्तिक बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता भुसालले बताइन् ।

बैठकमा संस्थापन पक्षका ३० केन्द्रीय सदस्यको सहभागिता थियो भने सचिव चन्दको पक्षका १० जना केन्द्रीय सदस्यको उपस्थित रहेको थियो ।

पार्टी विवाद अन्त्यका लागि भन्दै माओवादीले पूर्ण केन्द्रीय समितिको बैठक र ६ मङ्सिरमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेतको उपस्थित रहने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>