समाचारआइतबार, कार्तिक ३०, २०७१

मन्त्रिपरिषद्कै पुनःसंरचना आवश्यकः बस्नेत

हिमालखबर

भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको प्रथम वार्षिक साधारणसभाको ३० कात्तिकमा थिमिमा उद्घाटन गर्दै मन्त्री बस्नेतले मन्त्रालयको संरचना नहुँदा जनताले सानो काममा पनि ठूलै दुःख पाइरहेकाले मन्त्रालयहरुको पुनःसंरचना आवश्यक रहेको  बताए ।

उनले भने, “एउटा सानो कामका लागि ३–४ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता जनतालाई छ, त्यसैले राज्यको पुनःसंरचनासँगै मन्त्रिपरिषद्को पुनःसंरचना गर्नुपर्छ ।”

अर्थ मन्त्रालयलाई राजस्व मन्त्रालयसहितको दुईवटा मन्त्रालय बनाइनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री बस्नेतले भने, “अर्थ मन्त्रालयलाई धेरै भार भयो, यसलाई टुक्र्याएर दुईवटा मन्त्रालय बनाइनुपर्छ, एउटा अर्थ मन्त्रालय, अर्को राजस्व मन्त्रालय । त्यस्तै, वाणिज्य मन्त्रालयलाई उद्योगमा गाभ्नुपर्छ तबमात्रै जनतालाई सहज हुन्छ ।”

अर्थमन्त्रीको विरोध गर्दै हिँडेको भन्ने चर्चाबारे उनले भने, “मैले अर्थमन्त्रीको विरोध गर्दै हिँड्यो भन्ने चर्चा चलेछ, मलाई अरु मन्त्रालयको विरोध गर्नु छैन, मेरो भनाइ अर्थ मन्त्रालयले उद्योग व्यवसायीलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्छ भन्ने हो । अहिले निरुत्साहित गर्ने काम भइरहेका छन् भन्ने मात्रै हो ।” रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>