समाचारआइतबार, कार्तिक ३०, २०७१

सुशासन बाहेकका समितिमा लोकमान नजाने

हिमालखबर

व्यवस्थापिका संसद अन्तर्गतको कृषि तथा जलस्रोत समितिलाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बोलाएकोमा अख्तियार अनुगमन समितिको कार्यक्षेत्रभित्र मात्र पर्ने भन्दै उक्त समिति बाहेक अन्य समितिमा नजाने अख्तियारले जवाफ दिएको छ ।

 

अख्तियारका कामु सचिव प्रेमकुमार राईले गगन थापा सभापति रहेको कृषि तथा जलस्रोत समितिलाई अख्तियार प्रमुख नआउने व्यहोरा उल्लेख गर्दै लेखेको छ,
‘१८ कात्तिकमा भएको निर्णय अनुसार अव प्रमुख आयुक्त संसद अन्तर्गतका अन्य समितिहरुमा जाने छैनन् ।’’

जलस्रोत समितिलाई २८ कात्तिकमा प्रमुख आयुक्त नआउने पत्र अख्तियारले पठाएको छ । यसअघि, अनुगमन समिति र अर्थ समितिले आयुक्त कार्कीलाई बोलाएर जवाफ मागेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>