समाचारसोमबार, मंसिर १, २०७१
सात प्रदेशमा थारु सभासदहरुको विरोध
१ मंसीरमा पत्रकार सम्मलेन गर्दै थारु सभासदहरुले थारु समुदायलाई छुट्याएर प्रदेश बनाइएको भन्दै अन्तुष्टि जनाए । कांग्रेस, एमालेका सभासद पनि यो अभियानमा सक्रिय छन् ।
कांग्रेसका तुजुलाल चौधरी, एमालेका वैजनाथ चौधरी, एमाओवादीका सन्तबहादुर थारु, फोरम लोकतान्त्रिका योगेन्द्र चौधरीलगायतले यो अभियान चलाएका हुन् । उनीहरुले मागपत्र सवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा बुझाउने जनाएका छन् ।
