थप समाचारसोमबार, मंसिर १, २०७१

सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

हिमालखबर

सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

तस्वीरः दीपक ज्ञवाली

लुम्बिनीको बृहत्तर विकासका लागि संसारभरका देशहरुसँग सहयोग आह्वान गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ । लुम्बिनीको प्रवर्द्रधन, संरक्षण र संवर्द्रधन गरी संसाभर बौद्ध शिक्षाको प्रचारप्रसारमा लाग्नुपर्ने निष्कर्ष निकाल्दै १ मंसीरमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बुद्धसँग सम्बन्धित पवित्रस्थलहरुको एकीकृत विकासका लागि सहयोगको आह्वान गरेको छ ।

२९ कात्तिकदेखि शुरु भएको सम्मेलनले २३ बुँदे घोषणापत्र पनि जारी गरेको छ । लुम्बिनी लगायत विश्वका पुरातात्विक र आध्यात्मिक महत्वका बौद्ध सम्पदाका बारेमा चेतना अभिवृद्धि गर्ने, संसारभर बौद्ध शिक्षाको प्रचारप्रसार गर्ने, लुम्बिनी र आसपासका क्षेत्रको दीगो विकासका लागि सबैसंग सम्बन्ध बिस्तार गर्ने लगायतका बुँदा घोषणापत्रकमा उल्लेख छ ।

घोषणापत्रमा ३२ देशका ५० भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्मेलनमा ३२ मुलुकका ८०० भन्दा बढी बौद्ध विज्ञ तथा बुद्धिजिवीहरुको सहभागिता थियो ।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>