समाचारमंगलबार, मंसिर २, २०७१
प्रधानमन्त्रीलाई भातृशोक
काठमाडौंमा उपचार हुन नसकेपछि नयाँ दिल्ली लगिएका कोइरालाको २ मंसीर विहान निधन भएको हो । डेढ महीनादेखि निमोनिया देखिएका कोइरालाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि नयाँ दिल्ली लगिएको थियो ।
७१ वर्षीय अरुण कोइराला काइलो छोरा हुन् भने प्रधानमन्त्री सुशील साइलो हुन् । चिकित्सक पेशा छाडेर राजनीतिमा आएका अरुण कोइराला बाँके जिल्ला सभापति हुन् ।
